उदयपुर , ११ साउन।
बिरामी परि मरेकोतथा सडेगलेका अखाद्य भैसीको मासुखाने ब्यक्तिहरुलाई कार्बाहीगर्न भन्दै गाउँहरुले सामुहिक रुपमा प्रहरीमा उजुरी दिएका छन् ।
त्रियुगानगरपालिका –४ असारी स्थित पत्रकार केदार थापाको बिरामीभई मरेको भैसीआज (सोमबार) बिहान ११ बजे अढाई दर्जनका संख्यामा रहेकागाउँलेहरु मिलीमासु खानप्रयोगगरिएको हो ।
भैसी धनीपत्रकार थापाले जंगलमा गाड्न भनि ट्याक्टरमाहालीफाल्न पठाएको बेला सोहीगाउँको स्थानीयबासीदनुवार ,तमाङ र मगर मिली काटकुट गरि मासु घरघरमाल्याई खाएको दनुवार समाज सुधार संघ उदयपुरले जनाएको छ ।
बिरामीभई मरेको तथा सडेगलेको मासु खानहुदैन भनि सम्झाई बुझाई गर्दा समेत अटेर गरेर खान्छौ भनिमासु प्रयोग गर्ने ब्यक्तिहरुलाई त्रियुगानगरपालिकाको नगर प्रहरीमालिखितजाहेरी सोहीगाउँका सचेत गाउलेहरुले कार्बाहीको मागगर्दै जाहेरी दिएएका छन् ।
सडेगलेको तथा रोग लागेर मरेको भैसीको मासु खाएमागाउँमा हैजालाग्ने र स्वयमखाने ब्यक्तिहरुलाई समेत बिभिन्नप्रकारको रोग तथा झाडा पाखालालाग्ने हुनाले असभ्य र फोहारी भन्ने जातीयबद्नामहुने हुनाले दनुवार समुदायको बुद्धिजीबि तथा द्धय शिक्षकअनन्तदनुवार र कृष्ण बहादुर दनुवार लगायतकागाउँका पढलेख गरेको युवादशजनाको सामुहिककार्बाहीगरि पाउँभनिउजुरीप्रहरीमानिब्दनदिएका छन् ।
रोगले मरेको भैसी काटकुट गरि खाने त्रियुगानगरपालिका –४काअसारी गाउँकाजीतबहादुर दनुवार ,ज्ञानबहादुर ,धनबीर दनुवार दुर्गबहादुर दनुवार ,सोमबहादुर र रामबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
बिरामीभई मरेको भैसी खाएको भनिप्रहरीमाजानकारी आए लगतै घटना स्थलमापुगेको नगर प्रहरी ईन्चार्ज टीकारामकार्कीले बताउनु भयो ।
दनुवार समाज सुधार संघका जिल्ला संयोजकपत्रकार यमनकोदारेहाङ डोनेले भने सामाजिकबद्नाम र बिकृतिगर्ने खालको सामाजिकजातीय प्रतिष्ठामा आँच पुर्याउने जो कोहीपनि सामाजिककार्बाहीभोग्नबाध्यहुनु पर्ने बताउनु भयो ।
मरे सडेगलेको अखाद्य बस्तू खाने ब्यक्तिकालागिकानुनीकार्बाहीनभएपनि सामाजिक सचेतावनी सहितनिबेदनउपर छलफल गरि चेतावनीदिन सकिने जिल्लाप्रहरी कार्यालय उदयपुरको नायबउपरीक्षक जयराम सापकोटाले बताउनु भयो ।
प्रहरीले भन्दापनिजातिय समुदायले नै छलफल गरि सामाजीक दण्ड सजाय चेतावनीदिएअझप्रभाबकारी हुने समेत नायबउपरीक्षक सापकोटाले बताउनु भयो ।
जातीय प्रतिष्ठामा आँचतथाबदनामगर्ने दनुवारलाई हदै सम्मको कार्बाहीगरिनु पर्ने दनुवार बुद्धिजीबि राजकुमार दनुवार बताउनु भयो ।