तिन जना माओबादी कार्यकर्ता बिरुद्ध सार्बजनिक मुद्धा

तिन जना माओबादी कार्यकर्ता बिरुद्ध सार्बजनिक मुद्धा

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

महेन्द्रनगर, ११ साउन ।
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले लिपु लेक सम्झौता खारेजीको माग राख्दै साउन ८ गते आयोजना गरेको नेपाल बन्दका क्र्ममा सार्वजनिक सवारी साधन तोडफोड गरेको आरोपमा कञ्चनपुर प्रहरीले पक्राउ गरेका तिन जना माओवादी कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाएको छ ।

कञ्चनपुर प्रहरीले बन्दका बेला महेन्द्रनगरमा एक टेम्पु तोडफोड गरेको भन्दै विप्लप माओवादी जिल्ला सदस्य राजेन्द्र विष्ट, विक्रम भण्डारी र मदन भट्टलाई आईतबार सार्वजनिक मुद्दा चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोर कुमार दाहालले सार्वजनिक स्थलमा अर्काको सम्पत्ती तोडफोड गरेको भन्दै उनीहरुमाथी सार्वजनिक मुद्दा चलाएको बताए ।

लिपु लेकको बारेमा बोलेको भन्दा पनि सार्वजनिक स्थलमा नागरिकहरुको सम्पत्ती तोडफोड गरेको भन्दै कार्बाहीका लागि मुद्दा चलाएको उनको भनाई छ ।

राष्ट्रियताको सवालमा माओवादीले गरेको आन्दोलनमा प्रहरीले बिना हक आफ्ना कार्यकर्ताहरुलाई धरकपट गर्दै पक्राउ गरि जबरजस्ती रुपमा थुनेर वाक स्वतन्त्रतामा कुण्ठित गरेको नेकपा माओवादी कञ्चनपुरको आरोप छ ।

माओवादी कञ्चनपुरले सत्ताधारीहरुले वडा प्रहरी कार्यालयमा रक्सी सेवन गरि प्रहरी नायब निरीक्षक मनोज बोहरालाई यूनिर्फम मै हुँदा हातपात गरी वडामा हमला गरेको प्रसंगलाई जोड्दै आफ्नै घरमा हमला गर्नेहरु सत्ताधारीहरुलाई संरक्षण दिने प्रहरीले राष्ट्रियताको विषयमा लड्ने आफ्ना कार्यकर्ताहरुले बन्दका बेला साना तिना घटना घटाएको आरोपमा सार्वजनिक मुद्दा लगाउनु निरङकुशताको पराकाष्ठा भएको ठहर गरेको छ ।

कञ्चनपुरका माओवादी कार्यकर्ताहरुले राष्ट्रियताका लागि आफ्नो ज्यान दिन तयार भएकाले बन्दको पूर्व सन्ध्यामा सार्वजनिक सवारी साधन संचालन नगर्न र चलाए त्यसबाट हुने जिम्मेबारी स्वयमले लिनुपर्ने बताएको भन्दै आन्दोलनका क्रममा कहि कतै भएका कमि कमजोरीलाई प्रहरीले तिलको पहाड बनाएको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ