काडमाण्डौ,११ साउन ।
चितवनको सौराहास्थित सपना भिलेजले सिद्धि गाविस ८ का भूकम्प पीडित चेपाङ समुदायलाई घर बनाउन जस्तापाता वितरण गरेको छ । पाईमाराङ र नान्दरका १६ घर परिवारलाई प्रतिपरिवार १८ वटाको दरले १० फुटे जस्तापाता वितरण गरिएको हो ।
भूकम्पले घर पूर्णरुपमा क्षति भएका चेपाङ परिवारलाई गाविस र जिल्ला दैवी प्रकोप उद्धार समितिको सिफारिसका आधारमा जस्तापाता वितरण गरेको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । चेपाङ समुदायको उत्थानका लागि ५ बर्षे कार्ययोजनाका साथ काम गर्दै आएको सपना भिलेजका म्यानेजर सुजन बस्नेतले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline