काठमाण्डौ,१२ साउन ।
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले श्रमिकका हकहितलाई नयाँ संविधानमा समेट्न अधिकतम प्रयास गरिने बताउनु भएको छ ।
पेशागत महासंघ नेपालद्वारा आयोजित अन्तरसंवाद कार्यक्रममा नेता खनालले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा सेवा तथा पेशामा आवद्ध पेशाकर्मीले महत्वपूर्ण योगदान पुर्याएको बताउँदै उनीहरुले उठाउँदै आएका हकहितका विषयलाई अधिकतम रुपमा समेट्नु पर्ने बताउनु भयो ।
विभिन्न ट्रेड युनियनबाट श्रमिकका हकहित सम्बन्धमा समान विषय संविधानमा सुनिश्चित गरिनुपर्ने आएको उल्लेख गर्दै उहाले त्यसमा दलहरुबीच पनि समान धारणा आउनुपर्नेमा जोड दिनु भएको थियो ।
पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले श्रमिकका हकहितका सम्बन्धमा अन्तरिम संविधानमा समेटिएका अधिकांश विषय नयाँ संविधानको मस्यौदामा नसमेटिएको गुनासो गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline