काठमाण्डौ,११ साउन ।
ललितपुरको ग्वार्कोबाट प्रयागपोखरी हुँदै कुमारीपाटी निस्कने सडकमा अब एकतर्फी मात्र गाडी चलाउन पाइने भएको छ ।
साँघुरोे सडकमा गाडीको चाप बढ्न थालेपछि यातायात आवागमन सहज बनाउन आजदेखी सडकखण्ड एकतर्फी बनाइएको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले जानकारी दिनुभयो ।
बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सो सडकखण्डमा टेम्पो र मोटरसाइकल बाहेक अरु गाडी दुईतर्फी चल्न नपाउने ट्राफिक प्रहरी प्रमुख हाछेतुले बताउजु भयो ।यसअघि माघको अन्तिम हप्तादेखि मंगलबजार सडकखण्ड एकतर्फी बनाईएको थियो ।
ट्यागलबाट मंगलबजार जाने एक किलोमिटर सडकखण्डलाई एकतर्र्फी बनाईएको हो । साँघुरो बाटोका कारण दुर्घटना बढेको गुनासो बढेपछि स्थानियबासिको अनुरोधमा त्यस सडकखण्डलाई एकतर्फी बनाईएको थियो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline