काठमाण्डौ,११ साउन ।
बाँकेको चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुर्खेतबाट कोहलपुर आउँंदै गरेको भे ३ प ४२ ०५ नम्बरको मोटरसाइकल दुर्घटना हुदा २ जनाको दुर्घटनास्थलमै ज्यान गएको हो ।
चालकले तीव्र्र गतिमा मोटरसाइकल चलाएका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।मुत्यु हुनेमा मोटरसाइकल चालक बासगढी नगरपालिकाका ३२ बर्षका लोकबहादुर पुन, पछाडी सवार बर्दियाकै २२ बर्षका मोहन रावत रहेका छन ।
मोटरसाइकलमा सवार अर्का २४ बर्षका गोपाल परियार गम्भीर घाइते भएका छन । उनको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline