काठमाडौ ११ साउन ।
नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिम जांदै गरेको लु १२ प ३४ ७७ नम्बरको मोटरसाइकलले नवलपरासी माकर २ मा ठक्कर दिँदा पैदल यात्री बर्दघाट नगरपालिका ११ का २१ बर्षीय विक्रम पंगेनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका पंगेनीको उपचारका क्रममा पृथ्वी चन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
ठक्करबाट मोटरसाइकल चालक तिलकपुर ६ का ३० बर्षीय युगलाल कुवर गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline