आज हरिशयनी एकादशी मनाइदै

आज हरिशयनी एकादशी मनाइदै

  • सोमवार, साउन ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ११ साउन । 

आज हरिशयनी एकादशी । हिन्दुधर्मावलम्बीहरुले भगवान विष्णुको पूजा आराधना गरी मनाईंदैछ ।

आजको दिन ब्रत बस्ने तथा घरआँगनमा तुलसी रोपेर भगवान विष्णुको प्रतीकका रुपमा पूजा गर्ने चलन छ । आजैदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ ।

पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्र्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ हिन्दुधर्मावलम्बीहरुमा चतुर्मास भरी विष्णुको पूजा तथा ब्रत बस्ने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी