काठमाडौ १० साउन ।
आज बिहान दुई वटा भूकम्पको पराकम्पन गएको छ । बिहान १० बजेर ३ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसअघि बिहान ९ बजेर ३० मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । केन्द्रका अनुसार वैशाख १२ यता ४ रेक्टर स्केल भन्दा माथिका ३ सय ५८ वटा पराकम्पन गैसकेका छन् ।
यस्ता पराकम्पन लामो समयसम्म आउन सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline