काठमाडौ १० साउन ।
लाइसेन्स बनाईदिने भन्दै सेवाग्रहीबाट घुस लिंदा लिंदै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरका एक कर्मचारी पक्राउ परेका छन् ।
सेवाग्राहीबाट घुस लिइरहेको भन्ने सुचनाका आधारमा खटिएको अख्तियारको टोलीले आज बिहान कार्यालय सहयोगी भीम भट्टलाई नगद सहित पक्राउ गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरको टोलीले भट्टालाई आज बिहान ११ बजे यातायात व्यवस्था कार्यालयबाटै ३८ हजार नगद सहित पक्राउ गरेको हो ।
बिषेश सूचनाका आधारका सेवाग्रीबाट पैसा लिईरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान सुदूरपश्चिम क्षेत्रिय कार्यालय महेन्द्रनगरका प्रमुख रविन्द्र शर्माले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline