काठमाडौ ९ साउन
नेपाल वायुसेवा निगमले भारतको बैंगलोर र मुम्बई शहरमा आगामी भदौ १५ गतेदेखि नियमित उडान सुरु गर्ने भएको छ । दुबै शहरमा सातामा ३/३ दिन उडान भर्ने तयारी भएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिनुभयो ।
मुम्बईमा सोमबार, बुधबार र शुक्रबार तथा बैंगलोरमा मंगलबार, बिहीबार र शुक्रबार उडान भर्ने तयारी भइरहेको निगमले जनाएको छ । निगमको जहाज बैंगलोरका लागि दिउासो १२ बजेतिर काठमाडौंबाट उड्ने छ भने मुम्बईका लागि २ बजे उड्ने छ ।
मुम्बई र बैंगलोर उडान सुरु भएसागै निगमका गन्तव्य ७ पुग्नेछन् । केही महिना अघि मात्र निगमले दिल्ली उडान सुरु गरेको थियो । चीनको ग्वोञ्झाओ र दुबईमा पनि छिट्टै उडान सुरु गर्ने तयारी गरिरहेको निगमले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline