मेनपावर ब्यवसायीले तीनदिनभित्र हड्ताल नरोके कारबाही गरिने सरकारको चेतावनी

मेनपावर ब्यवसायीले तीनदिनभित्र हड्ताल नरोके कारबाही गरिने सरकारको चेतावनी

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ९ साउन ।

कार्यालय बन्द गरेर आन्दोलन गरिरहेका मेनपावर ब्यवसायीले तीनदिनभित्र हड्ताल नरोके कारबाही गरिने सरकारले चेतावनी दिएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र वैदेशिक रोजगार विभागले शनिबार संयुक्त सूचना जारी गरी वैदेशिक रोजगार ब्यवसाय संचालन गर्न इजाजत पाएका संस्थाहरुलाई तीन दिन भित्र हड्ताल अन्त्य गरी ब्यवसायी सूचारु गर्न निर्देशन दिएको छ ।

ब्यवसायीले तीन दिनभित्र काम सूचारु नगरेमा वैदेशिक रोजगार ऐन र वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम कारवाही हुने प्रवर्द्धन बोर्ड र विभागले चेतावनी दिएको छ । तर मेनपावर ब्यवसायीले भने आफूहरुलाई सरकारले कारबाही गर्न नसक्ने बताएका छन ।

कतार, यूएई, साउदी अरब, ओमान, बहराइन, कुबेत र मलेसियामा असार २१ गतेदेखि फ्री भिसा र फ्री टिकटको निर्णय लागू गरेपछि ब्यवसायीहरु आन्दोलित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी