साउन ९ काठमाण्डौं ।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘नेपाली पत्रकारहरुको संगठनको पहिलो सभापति’ भनी पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा प्रतिस्ठान स्थापना गर्ने सरकारको घोषणाको विरोध गरेको छ ।
सञ्चार प्रतिष्ठान गठन गर्नु सकारात्मक भए पनि भट्टराईको नाम जोडनु गलत हुने फोनिजले भनेको छ ।
२००८ सालमा स्थापना भएको नेपाल पत्रकार संघ (हालको महासंघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको इतिहास साक्षी रहेको भन्दै फोनिजका अध्यक्ष डन्ड गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
इतिहासको यो शास्वत यथार्थलाई लत्याउँदै नेपाल पत्रकार महासंघको संस्थापक सभापतिको नाममा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाम जोडिनु स्वयम् उहाँप्रतिको अपमान हो विज्ञप्पितमा भनिएको छ ।
फोनिजले विगतदेखि नै उठाउँदै आइरहेको कुरा पुन: अवगत गराउँदै प्रतिस्ठानको संरचनालाई समावेशी समानुपातिक बनाउन फोनिजले आग्रह गरेको छ ।