नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने एनआरबीको तयारी

नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने एनआरबीको तयारी

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, ९ साउन ।

नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएकोे मर्जर नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ ।

बैंक तथाद वित्तीय संस्था एकापसमा ‘मर्जर’ सम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था सबल बन्दै गएकाले त्यसलाई अझै प्रभावकारी बनाउन लागेको हो ।

बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन थप प्रोत्साहन गरिने र सबल र सक्षम वित्तीय क्षेत्रको विकासका लागि पुँजी वृद्धि गर्ने नीति लिएको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।

मर्जरको नीति कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कमी आएको छ तर शाखा विस्तारमा भने वृद्धि हुँदै गएको छ । विसं २०७२ असार मसान्तसम्म ७८ वटा बैंक तथा वित्तीय संस्थाहरू एकापसमा मर्ज भई ३० वटा संस्था बनेका छन् ।

आव ०७१र७२ मा एक वाणिज्य बैंक, १० विकास बैंक र चार वित्तीय कम्पनी मर्ज भई एक वाणिज्य बैंक, चार विकास बैंक र एक वित्त कम्पनीमा परिणत भएका छन् ।

त्यस्तै पाँचवटा ग्रामीण विकास बैंक मर्ज भई बनेको नेपाल ग्रामीण विकास बैंक लिमिटेडले कारोबार सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी