खोलामा ट्रक खस्दा दुई जनाको मृत्यु

खोलामा ट्रक खस्दा दुई जनाको मृत्यु

  • शनिबार, साउन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ९ साउन ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेव खोलामा आज बिहान ट्रक खस्दा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौडा ७ का ट्रक चालक मोहनलाल धिताल र ट्रकमा सवार हेटौडा आमभञ्ज्याङ ७ का अविनाश घिमिरे रहेको प्रहरीले जनाएको छ ।

हेटौडाबाट काठमाडौका लागि छुटेको ना ५ ख ७७ १७ नम्बरको ट्रक विहान करिव १ बजे सडकबाट करिव ३० मिटर तल खोलामा खसेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घायते भएका सहचालक हेटौडाका मनोज तामाङ, जीवन बुढाथोकी र सुमन बुढाथोकीलाई  उपचारकालागि काठमाडौ ल्याइएको छ । वर्षाका कारण चिप्लो सडक तथा तीब्र गतीका कारण ट्रक खोलामा खसेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी