काठमाडौ ९ साउन ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले यातायात आयोग गठन गर्न माग गरेको छ । आज बिहान प्रधानमन्त्री सुशिल कोइरालालाई ज्ञापनपत्र बुझाउँदै महासंघले यस्तो माग गरेको हो ।
संविधानमा यातायात मैत्री व्यवस्था समेट्न ध्यानाकर्षण गराइएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । मुलुक संघीयतामा गएपछि एक प्रदेशबाट अर्को प्रदेशमा जाँदा सवारी कर नलाग्ने व्यवस्था मिलाउन पनि महासंघले माग गरेको छ ।
१५ बुँदे ज्ञापनपत्रमा राजमार्गमा छुट्टै सुरक्षा टोली छुट्याउन र दुर्घटनाबारे छानबीन गर्न छुट्टै अदालत हुनुपर्ने तथा बन्द र चक्काजाम गर्न नपाइने प्रावधान कडाईका साथ लागु गर्न माग पनि गरिएको छ । महासंघले यसअघि सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाइएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline