धनगढी, ९ साउन ।
टीकापुर नगरपालिका वडा नम्बर ८ राजिपुर मिलन चोक नजिकै रानी कुलामा नुहाउने क्रममा शुक्रबार एक युवक डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार टीकापुर नगरपालिका वडा नम्बर ९ ब्लक नम्बर १६ का १८ वर्षका रोचक सिजापती नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब निरिक्षक निरक रावलले सााझ अबेरसमम पनि बेपत्ता युवकको खोजी कार्य भएपनि अवस्था पत्ता लाग्न नसकेको जानकारी दिए । स्थानीय गणेशबाबा बोर्डिङ स्कुलमा अध्ययनरत सिजापती अन्य २ जना साथीसागै नुहाउन गएका थिए । उनीसागै नुहाउन गएका अन्य २ जनाले पानी जमेको ठाउामा हाम फालेपछि डुबेका सिजापतीलाई बचाउने प्रयास गरेको बताएका छन् । आफूहरुले बचाउने प्रयास गर्दा सफल नभएपछि सिजापती एकाएक पानी भित्रै बेपत्ता भएको बताएका छन् ।
उता अछामको कुस्कोट गावीसका एक व्यक्ति दाहासस्कार गर्न गएको बेला नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् ।
गावीसको वडा नम्वर ५ का अन्दाजी २५ बर्षीय धोजे साउद नाम गरेका व्यक्ति बुढीगंगा नदीको बाजुरा बाह्बीस र कुसकोटको सिमानामा रहेको लिंङ नजीकै अन्तीम दाहासस्कार गर्नृे ठाउमा शुक्रबार दिउसो करिब १२ बजेतीर नुहाउने क्रममा बेपत्ता भएका दाहासस्कारमा गएका स्थानीय कल्लाने साउदले जानकारी दिनुभयो ।
उहाका अनुसार बेपत्ता भएको समय अपरान्ह् १२ बजेदेखी निरन्तर बेपत्ता व्यक्तिको खोजी भईरहको भएपनी अहिले सम्म केही अत्तोपत्तो छैन् । यसबारे ईलाका प्रहरी कार्यालय साफेवगरमा टेलीफोनबाट जानकारी समेत गराईसकेको कुस्कोट गावीस वडा नम्वर ६ अर्का स्थानीय नृप साउदले जानकारी दिनुभयो ।