काठमाडौँ, ८ साउन
विप्लव माओबादी द्धारा गरिएको नेपाल बन्दकोक्रममा शुक्रबार कुनै अप्रिय घटना नभएको तर बन्दकर्ताहरुले देशका विभिन्न स्थानमा २४ वटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेको प्रहरीले सार्वजनिक गरेको छ ।
तोडफोडमा संलग्न भन्दै प्रहरीले ५ महिला र पुरुष २ सय ४२ पुरुष गरी जम्मा २ सय ४७ जना माओवादी नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार बौद्ध–६ ह्यात होटल नजिक बा.१ ज १२५५ नम्बरको ट्याक्सीलाई ईटा प्रहार गरी ट्याक्सीको पछाडिको सिशा र बाँया साईडको सिशा फुटाई दिएका छन् ।
यसैगरी बालाजुमा ना.३ ख ४४३५ नम्वरको डिडिसि दुधको गाडी, कमलादीमा बा.१ ज ४३६७ नम्वरको गाडी, नेपालटारमा बा.१० च ६६४०, बसुन्धरामा बा.५ ख ८२५१, बौद्धमा बा.१ ज ५२५५ नम्वरको सवारी साधन तोडफोड गरेका छन् ।
यस्तै ललितपुर पुल्चोकमा बा.१ ज ५८३६, बा.१ ज ७३२२ र प्रयागपोखरीमा बा.३ ख ११०८ नम्बरको गाडीमा तोडफोड गरी क्षति पु¥याईएको प्रहरीको भनाई छ ।
यसैगरी ललितपुर ताल्छिखेलमा बा.१ ज ९०२४ नम्बरको माइक्रोबसमा अपरिचित व्यक्तिहरुले शुक्रबार ढुङगा प्रहार गर्दा माइक्रोबसको पछाडीको शिसा फुटेर क्षति भएको छ ।
यस्तै धादिङ भुमेस्थान–४ स्थित सुंगुरे पुल नजिक पृथ्बी लोकमार्गमा महादेवस्थानबाट गजुरीतर्फ जाँदै गरेको ना.४ ख ३६२२ नम्बरको खाली ट्रेलरलाई आगो लगाउँदा ट्रेलरको अगाडिको भागमा सामान्य क्षति भएको छ ।
यसैगरी नलांग–६ डुम्रेखोलामा ना.१० प १८४५ नम्बरको मोटरसाइकललाई अपरिचित ४÷५ जनाको समुहले रोकी शुक्रबार आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको छ ।
उता मकवानपुर हेटौडा उपमहानगरपालिकामा बा.३ ख १९२५ नम्वरको सवारी साधन तोडफोड गरी क्षति पु¥याएका छन् भने रुपन्देही खेरहनीमा बा.४ ख १९० नम्वरको सवारी साधन तोडफोड भएको छ ।
चितवन रत्ननगर नगरपालिका–८ स्थित भित्रि सडकखण्डमा ना.४ ख ७३३२ नम्बरको टाटामिनी ट्रकलाई ढुङ्गा प्रहार गर्दा अगाडीको सिसा र हेडलाइट फुटेको प्रहरीको भनाई छ ।
यसैगरी भरतपुर उपमहानगरपालिका–११ मा ना.३ ख ७५११ र बा.१ ख ६०८५ नम्वरको ट्रकमा ढुंगा प्रहार गरी शिसा फुटाएर क्षति पु¥याईको छ ।
यस्तै काभ्रे भुम्लुटार–६ र सिन्धुपाल्चोकको सिमाना अरनिको राजमार्गमा बा.१२ च ९५०२ नम्वरको मारुती भ्यान तोडफोड गरीएको ,प्रहरीले जनाएको छ ।
यस्तै कंचनपुर भिमदत्त नगरपालिका–४ चमनचोकमा बन्दकर्ताहरुले म.१ ह ४६ नम्वरको टेम्पोमा क्षति पुगेको छ ।
उता बाँके नेपालगंज उपमहानगरपालिका–५ बसपार्कमा पार्किङ्ग गरी राखेको भे.१ ख ८०९ र भे.१ ख ८५८ नम्बरका बसमा शुक्रबार आगलागी भएको छ । यसैगरी पार्किंग गर्न लैजानेक्रममा भे.१ ज ६०३ नम्बरको टाटा गाडी अपरिचित समुहले कोहलपुर नगरपालिका–३ किरण नालामा तोडफोड गरी अगाडिको सिसा फुटाएका छन् ।
यसैगरी नेपालगंज उपमहानगरपालिका–१९ स्थित स्नेह होटल अगाडी सिमान्त ईन्टर कलेजको युपि ४० टि ०७६३ नम्वरको म्याजिक भ्यान बिद्यार्थी लिन आउने क्रममा बन्दकर्ताहरु एक्कासी भ्यानमा आगो लगाउदा जलेर क्षति भएको छ भने कुसुममा ना.५ ख ५०१४ नम्बरको ट्रकमा आगजनी गरी क्षति पु¥याएका छन् ।