साउन ८ पोखरा ।
नेत्रबिक्रम चन्द नेतृवको नेकपा माओबादीले आयोजना गरेको नेपाल बन्दका कारण पोखरा र आसपासका जिल्लाहरु पनि प्रभावित भएका छन ।
भारत र चिन बिच भर्खरै भएको ब्यापारीक नाका (लिपुलेक) संबन्धी संझौताको बिराध गर्दे आयोजना गरिएको बन्दका कारण कुनै पनि सवारीसाधन, उद्योग,कलकारखाना सन्चालनमा आउन सकेका छैनन ।
बन्दकर्ताहरु बजारका मुख्य चोकहरुमा झण्डा बोकेर बसेका छन । बन्द अहिले सम्म शान्तीपुर्ण रहेको प्रहरीले जनाएको छ । आफुहरुको आन्दोलन नेपालको भुमिको प्रयोग गरि दुई छिमेकी देशहरुले गरेको ब्यापारीक संझोताको बिराधमा भएको माओबादी केन्दीय सदस्य साबित्री दुराले बताईन ।
यो बिषय सम्पुर्ण राष्ट्रबादी नेपालीहरुको भएकाले आफुहरुको आन्दोलनमा समर्थन रहेको उनको भनाई छ । देशको सक्तामा रहेका राजनितिक दलहरुका केही नेताहरु बाहेक सबै राजनितिक दल,तथा सम्पुण नेपालीहरु अब एक जुट भएर राष्ट्रघातको बिरुद्धमा सडकमा आउने बेला भएको दुराले बताईन । बन्दमा प्रेस, खानेपानीको गाडी,सुरक्षा तथा दुध बोक्ने बाहेक अरु सबैलाई निषेध गरिएको दुराले जानकारी दिईन । यो अन्र्तराष्ट्रीय बिषय भएकोले पर्यटन र कुटनितिक नियोगका सवारीसाधन पनि चल्न नदिने उनले बताईन । यसैगरि लमजुङ्ग,स्याङ्गजा, तनहुा लगायतका जिल्लाहरुमा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मिहरुले बताएका छन ।