विप्लपमाओवादीले ताप्लेजुङमा मशालजुलुश निकाल्यो

विप्लपमाओवादीले ताप्लेजुङमा मशालजुलुश निकाल्यो

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

७ श्रावण । दार्चुलाजिल्लाको लिपुलेकमाभारत र चीनबीचको संयूक्तव्यापारिक सम्झौतामा सबैभन्दा अगाडि विरोध गर्दै आएको  विप्लप नेतृत्वको नेकपामाओवादीले भोलीको बन्दलाई लक्षित गरी आज साझ ताप्लेजुङमा पनि मशाल जुलुश निकालेको छ ।
आज साझ मशाल बालिएको हो ।
नेकपामाओवादी जिल्ला सचिब राजकुमार चुाडालका अनुसार पार्टीको घोषित कार्यक्रमअनुसार, लिपुलेक सम्झौताको विरोध, चार दलको कथित १६ बुादे सम्झौता, भूकम्प पीडितको राहतअनियमितता गर्ने उपर छानबिन गरेर कार्बाही र प्रस्ताबित संविधानको मस्यौदाको विरोधमाबन्दको आव्हान गरिएको बताए ।
संविधान सभाले भर्खरै सकाएको संविधान सभा र मस्यौदा प्रकृयामा सम्मिलितदलको भाषामाजनताको मत संकलनगरिरहादा, नेकपामाओवादीले विभिन्न स्थानमा मस्यौदा खोसेर च्यात्नेदेखि जलाउनेसम्मको आफ्नो विरोधका कार्यक्रम सकाएको छ ।
लिपुलेकको बारेमा नेपालका मुख्यदल जसले सरकारको बागडोर सम्हालेका छन् तिनले आफ्नो धारणा, नेपाल सरकारको औपचारिक धारणा, भारत र चीन सरकारले समेत स्पष्ट धारणा बोल्नुपर्ने, उक्त व्यापारिक सम्झौता तुरुन्तखारेज गर्नुपर्ने नेकपा माओवादीको मुख्य माग छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी