चन्दको बन्द बारे कानुन व्यवशायीको चर्चा

चन्दको बन्द बारे कानुन व्यवशायीको चर्चा

  • बिहिबार, साउन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

साउन ७ काठमाण्डौं ।

विहिबार सॉझ नेपाल बार एसोसिएसन र ईन्टरनेस्नल कमिसन अफ् ज्युरिष्ट ( आईसीजे ) द्धारा सयुक्त रुपमा आयोजित मस्यौद्धा सविधानमा मौलिक हक तथा न्यायपालिकाको स्वतन्त्रता सम्बन्धि छलफल कार्यक्रममा प्रधानन्यायधीश कल्याण श्रेष्ठ, न्यायधीश शुसीला कार्की , न्यायपरिषद्का सदस्य राम प्रसाद सिटौला, बारका अध्यक्ष हरीकृष्ण कार्की सहितका व्यक्तित्वयहरुले न्यायलय स्वतन्त्र हुनु पर्ने भनी सवोधन गरे ।
थापागाउ ब्याङक्वेटको हलमा सवोधनको कार्यक्रम सकिए लगत्तै रात्रीभोजमा सहभागीहरु एकाएक चन्दको बन्दबारे चर्चा गर्न थाले । अर्थात शुक्रबार नेत्र विक्रम चन्द विप्लव माओवादीको वन्द रहेको र घरबाट निस्कने ननिस्कने, कार्यालय आउने नआउने बारेमा न्यायाधीश देखि कालोकोट लगाउने सम्म चर्चामै व्यस्त देखिएको एक सहभागीले बताए ।
भोली त विदा होला नि …..एक सहभागीको विचार सुन्दै आश्चर्यमा परेका केही कानुन व्यवशायीले भने किन विदा ?
एक कान दुई कान मैदान त्याहा सबका मुखबाट निस्कियो भोलि त चन्दको बन्द हो नि ।
बारका पदाधीकारीदेखि लिएर सरकारी वकिल सम्मले भोलि अफीस कसरी आउने भन्दै चर्चा गर्दै थिए ।
अनि कानुनव्यवशायीहरुले गन्थन गर्दै खाना खान थाले नेपालमा बन्द पनि कति हो कति , भोलि त घरै बस्नु पर्ला ।
विप्लव माओवादीले शुक्रबार लिपुलेक सम्झोता खारेज हुनु पर्ने, १६ बुदे सहमतिको आधारमा ल्याईएको मस्यौदा खारेज गर्नु पर्ने लगायतका माग राखी नेपाल बन्दको आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी