३३ औं बिपी स्मृति दिवस अछाममा पनि मनाईयो

३३ औं बिपी स्मृति दिवस अछाममा पनि मनाईयो

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

 अछाम ६ श्रावण
३३ औं बिपी स्मृति दिवस अछाममा पनि बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली कााग्रेस जिल्ला कार्यसमिती र मातहतका बिभिन्न निकायले दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेका हुन ।
बहुआयामिक ब्यक्तित्वका धनी बि.पि. कोईरालाको जन्म बि.सं. १९७१ साल भाद्र २४ गते भएको थियो भने उहााको देहवसान २०३९ साल श्रावण ६ गते भएको थियो । नेपाली कााग्रेसले आर्दश मान्दै आएको बिपीको सम्झनामा हरेक वर्ष आजकै दिन यस्ता रचनात्मक कार्यहरु गर्दै आईरहेको छ । जस अनर्तगत बुधवार अछाम जिल्लाको मंगलसेन नगरपालीका वडानम्वर ५ चिसापानी भन्ने ठााउमा बृक्षारोपण गरिएको छ । सो क्षेत्रमा किमु, सल्ला, सिसाइए, काइनो, बकाइनो चााप, देवदार लगाएत शयौं बिरुवा रोपिएका छन् । बृक्षारोपण कार्यक्रममा २ सय ५० बढी बोटबिरुवा रोपीएको नेविसंघका बम बहादुर स्वारले जाानकारी दिए ।
कााग्रेसका जिल्ला कोषाध्यक्ष प्रेम रावलको अध्यक्षतामा भएको बृक्षारोपण कार्यक्रममा पूर्व साासद अक्कल बहादुर बिष्ट, महाासमिती सदस्य देवराज देवकोटा, जिल्ला सदस्य कम्माने नगार्जि, बिष्णु खड्का, तरुण दल अछामका अध्यक्ष प्रकाश साउद, बिपी चिन्तन प्रतिष्ठानका अछामका कार्यबाहक अध्यक्ष मदन कुावर, सचिव लालजंग भण्डारी, कोषाध्यक्ष टक्कर शाह, अछाम क्षेत्र नं. २ का पूर्व क्षेत्रिय सभापति डण्ड प्रसाद भाट,ने.काा यूवा नेता बल बहादुर बिष्ट, सहदेव ढुङ्गाना, बाटुलासेन गाउा कार्य समिति सभापति केश बहादुर बटाला, नेवीसंघका रविन्द्र शाही, महेश खड्का लगायतको उपस्थिती रहेको थियो । यस्तै उक्त कार्यक्रममा तरुण दल दैलेखका सदस्य बिनोद शाही, महेश खडका, पुष्प बिष्ट, नेपाल शिक्षक संघका गोपी खनाल, लोक बहादुर बिष्ट, महिला मोतिकला सार्की लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सोही अवसरमा बिपी चिन्तन प्रतिष्ठान अछामको आयोजनामा अछाम अस्पतालका बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम गरिएको छ । फलफुल बितरण कार्यक्रममा अछाम अस्पतालका डा.शरदचन्द्र बराल, जनस्वास्थ्य निरिक्षक झपटराज ढुङ्गाना, सि.अ.हे.व.लक्ष्मण नाथ लगाएतको उपस्थिति रहेको थियो । साथै अस्पताल परिसरमा केराको बृक्षारोपण गरिएको छ । त्यस्तै ३३ औं बि.पि.स्मृति दिवसको अवसरमा नेपाली कााग्रेस अछामको कार्यालयमा आज दिन भरी नै बि.पि.कोइरालाको तस्बिरमा माल्यार्पण गरिएको छ ।
यसैबिच: दिवसको अवसरमा कााग्रेस क्षेत्रनम्वर १ ले बयालपाटा अस्पतालमा बृक्षारोपण तथा फलफुल बितरण कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा पूर्व राजदुत बलबहादुर कुवरले धुपीसल्ला रोपेर उदघाटन गरेका थिए । अस्पताल परिसरमा सल्ला, धुपीसल्ला, बकाईनो लगायतका बिरुवा गरी जम्मा २ सय ६२ बिरुवा रोपीएको छ । साथै उक्त अस्पतालका २५ जना बिरामीलाई फलफुल पनि बितरण गरिएको छ ।
उक्त बृक्षा रोपण तथा फलफुल बितरण कार्यक्रममा पूर्व जिविस सभापति भरत कुमार स्वार नेविसंघका पूर्व सभापति राजन कुवर, महाासमिती सदस्य राधिका भुजेल, तरुणदलका केनिद्रय पार्सद लक्ष्मण खड्का, कााग्रेसका जिल्ला सदस्य नरेन्द्र कुवर, नगर कार्यसमिती अध्यक्ष मोहन कुवर, दलित संघका जिल्ला सदस्य टक्कर ताम्राकार लगायतको उपस्थिती रहेको कविन्द्र परियारले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी