साउन ६ काठमाण्डौं ।
वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा बनाउन पुरातत्व विभागले सरकारसाग ३० करोड रुपैयाा माग गरेको छ ।
राष्ट्रिय योजना आयोगले भूकम्पले क्षतिग्रस्त भएका सम्पदाको पुनर्निमाणका लागि चाहिने अनुमानित बजेटको प्रस्ताव पेश गर्न भनेकाले विभागले धरहरा बनाउन ३० करोड रुपैयाा प्रस्ताव गरेको विभागका प्रवक्ता रामबहादुर कुावरले जानकारी दिए। ‘योजना आयोगले माग गरेअनुसार हामीले ३० करोडको प्रस्ताव पठाएका हौं‘ कुवार भने।
विभागले उपत्यका लगायत अन्य ठाउामा सम्पदा पुनर्निर्माणका लागि पनि पस्ताव पेश गरेको छ। सरकारले माग बमोजिमको रकम दिए काम सुरु भएको ५–७ वर्ष्भित्रमा धरहरा निर्माण गर्न सकिने विभागले निष्कर्ष निकालेको छ।
महारानी ललित त्रिपुरासुन्दरीले वि।सं। १८८२ मा बनाउन लगाएको धरहरा ११ तलाको थियो । वि.सं. १९९० सालको महाभूकम्पले क्षतिग्रस्त बनेको धरहहरा श्री ३ जुद्धशमशेरले पुनर्निर्माण गराउादा ९ तल्ला मात्र राखिएको थियो ।