काठमाण्डौ,६ साउन ।
सुनको भाउ आज चार बर्ष यताकै कम मुल्यमा कारोबार भइरहेको छ । आइतबार तोलाको ४९ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुन आज १५ सय रुपैयाँ घटेर ४८ हजारमा झरेको छ ।
यसअघि २०६८ साउन २३ गते सुन ४७ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ ४८ हजार रुपैयाँ झरेको थिएन । सुनको भाउ ओरालो लाग्नुको मूख्य कारण अन्तराष्ट्रिय बजार भाउ घट्नुका साथै सरकारले सुनको भन्सार घटाएपछि साउन महिनामा सुनको भाउ हृवात्तै घटेको हो ।
साउनअघि पनि अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ ओरालो लागेपछि नेपाली बजारमा पनि सुनको भाउ विस्तारै ओरालो लागिरहेको थियो । अन्तर्रा्ष्ट्रिय बजार भाउ र भन्सार दर एकैपटक घट्दा सुनको भाउ ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline