राप्रपा नेपालको बन्द, दर्जनौँ सवारी साधनका चावी खोसिए

राप्रपा नेपालको बन्द, दर्जनौँ सवारी साधनका चावी खोसिए

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

बिर्तामोड , ६ साउन ।

हिन्दु राष्टको माग गर्दै राप्रपा नेपालले गरेको नेपाल बन्दका कारण झापाको जनजिवन ठप्प बनेको छ ।

बन्दकर्ता राप्रपाका कार्यकर्ताले बिर्तामोडमा सवारी साधनको चावी खोसेर बन्दको अवज्ञा नगर्न चेतावनी समेत दिएका छन् ।

प्रहरी ज्यादती भएको भन्दै बिरोधमा उत्रिएका नेता तथा कार्यकर्ताले बिहानैबाट लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन दिएका छैनन् ।

बन्दकर्ताले आज बिहान बिर्तामोडमा बा ७ च ५७५२, मे १ ज १०५५, मे १ प २५९६, बा ११ च ३०२०, को १ ख ३१७३, ना ४ ख २५७७, बा ३ ख ५१३८ र को १ च ६४०६ नम्बरका सवारी साधनको चावी खोसेर राखेका हुन् ।

बन्दका कारण बिर्तामोडका कुनैपनि पसलहरु खुल्न सकेका छैनन् भने कल कारखाना समेत ठप्प रहेका छन् । दुई पांग्र्रे सवारी साधन निर्वाध रुपमा चलेपनि चार चक्के सवारी साधनहरु भने चल्न सकेका छैनन् ।

बन्दका कारण पुर्वि पहाडी यातायात समेत ठप्प बनेको छ । बिर्तामोडमा राप्रपा नेपालका केन्द्रिय सदस्य तथा पुर्वाञ्चल संयोजक राजेन्द्र लिङदेनको नेतृत्वमा दर्जनौ कार्यकर्ता बन्द गराउँदै हिडेका छन् भने दर्जनौँको संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालीत भए पनि बन्द खुलाउने कुनै प्रयत्न गरिएको छैन्् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी