अवैधरुपमा ल्याएको सुनसहित दुईजना पक्राउ

अवैधरुपमा ल्याएको सुनसहित दुईजना पक्राउ

  • बुधबार, साउन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ६ साउन ।

अवैधरुपमा नेपाल भित्र्याएको सुनसहित दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षा प्रहरीले गएराति कतार एयरबाट  दुबई हुँदै काठमाडौं ल्याएका ८ सय ७५ ग्राम सुन सहित नवलपरासीका २३ वर्षीय रामचन्द्र थनेतलाई पक्राउ गरेको हो ।

भन्सार चेक गर्ने क्रममा डिभीडी प्लेयरको टासफर्म भित्रको क्वायलमा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको सुन प्रहरीले बरामद गरेको हो ।

त्यस्तै अवैध रुपमा ल्याएको सुन सहित फ्लाई दुबईको उडानबाट काठमाडौं आएका पर्वत बेटुलीबासका दिल्लीराम बश्याललाई पनि प्रहरीले पक्राउ गरेको छ । वश्यालले करिब ७ सय ५५ ग्राम सुन अवैध रुपमा लुकाई ल्याएका थिए ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धाका लागि बानेश्वर बृत्त पठाईको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी