काठमाडौ ५ साउन ।
नेपाल बार एसोसिएसनले नयाँ संविधानको प्रारम्भिक मस्यौदा संसोधनको माग गरेको छ । संसोधनको माग गर्दै बारले आज संविधान सभाका अध्यक्ष सुवास नेमवाङलाई आज ज्ञापन पत्र बुझाउदैछ ।
बारले मस्यौमा रहेका समग्र विषयमा आफ्नो सुझाव पेश गर्न लागेको हो । बिहान ११ बजेपछि सिंहदरबार स्थित संविधान सभा सचिवालयमा सभाअध्यग्क्ष नेमवाङलाई भेटी सुझाव सहितको ज्ञापन पत्र बुझाउने बारका उपाअध्यक्ष टीकाराम भट्टाराईले जानकारी दिनु भएको छ ।
स्रोतका अनुसार बारले व्यवस्थापिका , न्यायपालिका र कार्यपालिकाका गरी मस्यौदामा रहेका ६५ ओटा धारा परिमार्जनका लागि सुझाव दिन लागेको हो ।
संविधान सभालाई बुझाउने सुझावलाई अन्तिम रुप दिन बारको सल्लाहकार सहितको कार्यसमितिको बैठक अहिले केहीबेरपछि बस्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline