जिविस ताप्लेजुङ्को हलभित्र संविधानको मस्यौदा च्यातियो , १३ जना प्रहरी नियन्त्रणमा

जिविस ताप्लेजुङ्को हलभित्र संविधानको मस्यौदा च्यातियो , १३ जना प्रहरी नियन्त्रणमा

  • सोमवार, साउन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

४ श्रावण । देशभर संविधानको पहिलो मस्यौदा माथिऔपचारिक सुझाब संकलनहुादै गर्दा, ताप्लेजुङमाभने मस्यौदा संकलन स्थलमा नै संविधानको प्रस्तावित मस्यौदा संघीय लिम्बुवान पार्टी, नेपाललगायतकादलले च्यातेर विरोध गरेका छन् ।
संविधानको मस्यौदा नेपालका सरोकारवालानिकाय र अन्तरिम संविधान र २०६४ सालको संविधान सभाले टुङ्गयाएको स्वामित्व ग्रहण नगरिकनल्याईएको संविधानलाई नमान्ने बताउादै मस्यौदा च्यातेका हन् ।

आदिवासीजनजातीलाई अपमान गरेको र लिम्बुवानसागगरिएको सम्झौताको उलंघन गरेको भन्दै विरोध वक्तव्य राख्दै सो पार्टीले मस्यौदा च्यातेको हो । संविधानको प्रस्तावित मस्यौदा च्यात्दा सुझाब संकलनको लागि खटिएका कर्मचारी र जिल्लाकाचारैजना सभासद र विषयगतकार्यालयकाप्रमुखतथाप्रतिनिधीहरु थिए । मस्यौदा च्यातिएपछि १ घण्टासम्म सुझाब संकलनमाअबरोध भएको थियो ।

संविधानको मस्यौदामा सुझाबदिने अधिकांशले प्रदेशको नामाङ्कन र सिमाङ्कन सहित, धर्म निरपेक्षता, राष्ट्रिय जनवार गाई राख्ननहुने सुझाएका छन् ।
मस्यौदालाई च्यातेर विरोध जनाउने संघीय लिम्बुवान पार्टी नेपालकाजिल्लाअध्यक्ष कृतिमानमादेन, नेताहरु, इन्दिरा मेन्याङ्बो, नेत्र खतिवडा, हेमकुमार लिबाङ,कुमार साम्यू, सरस्वता सिंगक, पूर्ण पालुंवा, प्रविनपालुंवा, अशोक आङबुहाङ, मणि लिम्बू र रीतामादेन संघीय समाजवादीफोरम नेपालका नेतानिर्मलातावा सहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी