साउन ४ काठमाण्डौं ।
एमालेले नयाा संविधानको मस्यौदामा राय–सुझाव संकलनमा बाधा पुर्याउनेमाथि कारबाही गर्न र सुरक्षा व्यवस्था कडा बनाउन सरकारसाग माग गरेको छ ।
एमालेले जनताको राय–सुझाव संकलन गर्न रौतहटको गौर पुगेका पूर्वप्रधानमन्त्री तथा सभासद माधवकुमार नेपाललगायतका नेता–कार्यकर्तामाथि गरिएको आक्रमणको निन्दा र भत्र्सना गर्दै सरकारसाग सुरक्षा र कारबाही गर्न माग गरेको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गरी ‘कुनै पनि हो–हल्ला, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्तिहरूबाट प्रभावित र विचलित नभइ उच्च मनोबल र संयमताका साथ सुझाव संकलनमा सक्रियतापूर्वक सहभागिता जनाउन आग्रह गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline