काठमाण्ढौ,४ साउन ।
कैलालीको धनगढीमा नया संबिधानको प्रारम्भीक मस्यौदा माथि सुझाब दिदै गर्दा एक जनाको मुत्यु भएको छ ।
जिल्ला विकास समिति कैलालीको सभा हलमा मस्यौदा माथिको छलफल कार्यक्रम सञ्चालन भैरहेका बेला बोल्दा बोल्दै स्थानिय चन्द्र बहादुर थापाको हृदयघातबाट मृत्यु भएको हो ।
अव बन्ने संविधानमा भ्रण हत्यालाई मान्यता दिईन नहुने भन्ने तर्क दिदै गरेका धनगढी नगरपालिका वडानम्बर १ त्रिवेणी चौकका ५२ बर्षीय थापा बेहोस् भै ढलेका थिए । उनलाई सेती अञ्चल अस्पताल पुगाउने वित्तिकै सेती अञ्चल अस्पतालले मृत्त घोषणा जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline