सल्यानमा सास्कृतिक कार्यक्रम सम्पन्न

सल्यानमा सास्कृतिक कार्यक्रम सम्पन्न

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

 साउन ३ सल्यान

सल्यानमा २ दिन सम्म चलेको वृहत साास्कृतिक कार्यक्रमबाट नयाा प्रतिभाहरुको उजागर भएको छ । नेपाल बाल संगठन सल्यानले शनिबार देखि आयोजना गरेको खुल्ला कविता, गीत र नृत्य प्रतियोगितामा सबै विधामा ५ दर्जन बढिले भाग लिएका थिए । सहभागीहरुको प्रतिभा प्रस्तुतिलाई हेर्दा लाग्थ्यो उनिहरु अत्यन्तै व्यवसायीक कलाकार हुदैछन । आज सम्पन्न कविता, लोक गीत र नृत्यमा भाग लिएका प्रथम, द्धितिय र तृतियलाई क्रमश ३ हजार, २५ सय  र २ हजार साथमा प्रमाण पत्र प्रदान गरिएको छ भने सान्त्वनालाई प्रमाण पत्रले सम्मान गरिएको छ ।

सल्यानलाई कला, साहित्य र संगितको उर्वर भूमि बनाउदै, उत्कृष्ट प्रतिभा जन्माउने हाम्रो अभियान भन्ने नारा सहित हिजो देखि सुरु भएको कार्यक्रम हिजो नै सम्पन्न गरिने भनिएतापनी साथमा साास्कृतिक कार्यक्रमले गर्दा आजका लागि लम्बिएको थियो ।

आज सम्पन्न लोक गीतमा जीवनी बस्नेत प्रथम, चन्द्रकला कवर द्धितिय, नोखिराम थापा तृतिय र सरिता बुढाथोकी सान्त्वना नृत्यमा शान्ता बस्नेत प्रथम, सरोज गिरी द्धितिय, मेनका परियार तृतिय, सर्मिला चलाउने र मूना वि.क सान्त्वना बनेका छन त्यस्तै कविता प्रतियोगितामा यसोदा लामिछाने प्रथम, प्रकाश वली द्धितिय र गीता शर्मा तृतिय बनेकी छन ।

प्रतियोगितामा सहभागिलाई नजिकबाट मुल्यांकन गरेका मुल्यांकन कर्ता टेकराज शाहीका अनुसार सबै सहभागिमा उस्तै क्षमता भएको र त्यो क्षमतालाई मुल्याकंन मुल्यांकनमा कठिन भएको बताएका छन । उनले अन्य सहभागिहरु थोरै अंकले मात्रै फरक रहेको बताएका छन ।

प्रकाश भण्डारीले संचालन गरेको कार्यक्रममा सहभागिलाई बाल संगठनका अध्यक्ष ऋषिकेश जंग शाहले सबैलाई धन्यबाद दिएका छन । अध्यक्ष शाहले सबै विधामा आउदो बर्षदेखि सल्यान तारा आयोजना गरि प्रतिभालाई प्रस्फुटन गराउनुका साथै असोजको दोस्रो साता सल्यान महोत्सवको आयोजना पनी गरिने बताएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी