काठमाण्डौ,३ साउन ।
पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा नजिकै सुख्खा पहिरो खस्दा वेनी–बालढुंगा सडक अवरुद्ध बनेको छ । बिहानदेखी पहिरो जाने क्रम नरोकिएकाले सडक अवरुद्ध बनेको हो ।
ठूलो भीर माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल सडक खुलाउन समस्या परिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी महेन्द्रकुमार क्षेष्ठले जानकारी दिनुभयो ।
उहाका अनुसार पहिरो खसिरहेको नजिकै सुकुम्वासी बस्ती समेत रहेकाले उक्त बस्तीलाई सार्ने कार्य सुरु गरीएको छ । सडक अवरुद्ध हुँदा म्याग्दीबाट छुटेका लामो तथा छोटो दुरीका सवारीसाधनहरु खनियाँघाटमा अलपत्र परेका छ ।
बाटो खुलाउनका लागि सडक डिभीजन कार्यालयवाट डोजर बोलाईएको र ठुलो संख्यामा प्रहरीहरु समेत परिचालन भएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline