यम ग्रहमा रहेको पर्वतको नाम नेपालीको नामबाट (तेन्जिङ नोर्गे माउन्टेन)

यम ग्रहमा रहेको पर्वतको नाम नेपालीको नामबाट (तेन्जिङ नोर्गे माउन्टेन)

  • आइतवार, साउन ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

यम ग्रहमा रहेको एउटा पर्वतको नाम नेपालीको नामबाट राखिएको छ । प्रथम सगरमाथा आरोरी तेन्जिङ नोर्गेको नाममा अन्तरिक्षमा रहेको पर्वतको नाम राखिएको नासाले जनाएको छ । पिविएस डट अाेअारजीले सार्वजानिक गरेको समाचारमा यम ग्रहमा भेटिएको  पर्वतको नाम नासाले नोर्गे मोन्टेस अर्थात तेन्जिङ नोर्गे माउन्टेन राखेको हो ।

 सौर्य मण्डलका ठाउँको नाममा नेपालीको नाम रहेको सम्भवत पहिलो रहेको नासाका एमेस रिसर्च सेन्टरका जेफ मुरेले बताएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यानले खिचेको यम ग्रहको तस्विर केही दिनअघि सार्वजनिक भएको थियो ।

नासाको न्यू होराइजन अन्तरिक्ष यानले खिचेको तस्विरमा यम ग्रहमा हिउँका पडाहहरु देखिएको विविसीले जनाएको छ । न्यू होराइजनले सौर्य मण्डलमा सबैभन्दा टाढाको यम ग्रहको अवलोकनपछि नजिकैबाट तस्बिर खिचेको थियो ।

तस्बिरमा देखिएका हिउँका पहाड मुटु आकारका जस्ता देखिएका पनि बैज्ञानिकले बताएका छन् । न्यू होराइजनले यम ग्रहको पछिल्लो अध्ययन गर्नु अन्तरिक्ष अनुसन्धानको इतिहासमा एक प्रमुख उपलब्धी भएको वैज्ञानिकहरुले बताएका छन् ।

तेन्जिङ नोर्गेले सन् १९५३ (विसं २०१०) मा एडमन्ड हिलारीसँगै सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथाको चुचुरोमा सबैभन्दा पहिले उनीहरुकै पाइला पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी