वैदेशिक रोजगार व्यवसायी सहमति नजिक

वैदेशिक रोजगार व्यवसायी सहमति नजिक

  • शनिबार, साउन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौै, २ साउन ।

वैदेशिक रोजगार व्यवसायी फ्री भिसा र फ्री टिकट निर्णयमा करिब सहमतिमा पुगेका छन् ।

सरकार र व्यवसायीबीच जारी वार्तामा उनिहरु उक्त निर्णयमा करिब सहमत भएपनि अरु ३० बुँदे माग तेस्र्याइ पूरा गर्न दबाव दिइरहेका छन् । शुक्रबार पनि ३० बुँदे मागमा श्रम मन्त्रालयमा दिनभर वार्ता जारी रह्यो ।

श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले व्यवसायीहरुले मलेसिया लगायत खाडी क्षेत्रका ७ राष्ट्रमा फ्री टिकट र फ्री भीजामा मात्र पठाउने निर्णयर लगभग स्वीकारी सकेको उल्लेख गर्नुभयो ।
नेपाली कामदारको दिर्घकालिन हितमा गरिएको यो निर्णयमा त सरकार एक इन्च पनि पछि हट्न नसक्ने मन्त्री गुरुङको अडान छ । व्यवसायीले राखेका अरु मागका सम्बन्धमा भने छलफल जारी रहेको मन्त्री गुरुङले जानकारी गराउनुभयो  ।

उक्त मुलुकमा सरकारको टोली छलफल र श्रम सम्झौताका लागि जान लागेको भन्दै व्यवसायीहरुलाई संगै जान आग्रह गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

सरकारले गत असार २१ गते दखि फ्री भीसा र फ्री टिकटको निर्णय लागू गरेसंग वैदेशिक रोजगार व्यवसायी संघको अगुवाईमा व्यवसायीहरु काम ठप्प पारी आन्दोलनमा उत्रिदैं आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी