काठमाडौं, २ साउन ।
हिजो निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं समाजसेवी चक्रमान डंगोलको अन्त्येष्टि गरिएको छ । उहाँको आज काठमाडौंको पचलीघाट टेकु दोभानमा अन्त्येष्टि गरिएको हो ।
लामो समयदेखि मधुमेहबाट पीडित डंगोलको ५८ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार साँझ निधन भएको थियो ।
डंगोलको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमानसिंहसहित विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु शनिबार टेकुदोभान पुग्नुभएको थियो ।
डंगोल काठमाडौं महानगरपलिका–१२ का पूर्ववडा अध्यक्ष, ज्यापु सँस्कृति विकास कोषका अध्यक्ष, जय किसान बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएको थियो । लामो समयसम्म समाजसेवा समर्पित डंगोलका श्रीमती एक छोरा र एक छोरी छन् ।