काठमाडौं, २ साउन ।
फोक्सोको क्यान्सरका कारण युएईमा एक नेपालको ज्यान गएको छ ।
१८ महिना अघि आबुधाबीमा रहेको स्पार्क सेक्युरेटी कम्पनीमा काम गर्न पुगेका कालिका–४ कास्कीका २६ वर्षीय रबिन्द्र बजगाईंलाई ६ महिना अघि फोक्सोको क्यान्सर भएको पुष्टी भएको थियो ।
अलऐनमा रहेको तवाम अस्पतालमा रेडियोथेरापी पद्धती अनुसार किमोथेरापी र टोमोथेरापी भैरहेका बेला बजगाईंकाआज ज्यान गएको अस्पतालले जनाएको छ ।
बजगाईंको ज्यान गएको बारे आधिकारिक जानकारी दूतावासमा नआएको युएईका लागि नेपाली राजदूत धनन्जय झाले बताउनुभयो । आधिकारिक जानकारी आएपछि मात्रै घटनाको पुष्टी गर्न सकिने दूतावासले भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline