काठमाडौ २ साउन । रौतहटमा जग्गाको विषयमा भएको विवाद चर्किदै गएपछि झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति रौतहटको लक्ष्मीपुर दोस्तिया–५ का सुखल मन्सुरी र मोक्तार मन्सुरीबीच झडप हुँदा सुखलको मृत्यु भएको प्रहरीले जनाएको छ । सुखलले मोक्तारको जग्गाको सीमानामा शौचालय बनाएको विषयमा भएको विवादले झडपको रुप लिएको थियो ।
मोक्तारको कुटाइबाट गम्भीर घाइते भएका सुखलको उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गडुराका प्रहरी निरीक्षक सन्तुलाल जैसवालले जानकारी दिनुभयो ।
प्रहरीले मोक्तारकी श्रीमती सजना नेसा तथा छोराहरु जमाल र कमाललाई पक्राउ गरेको छ । घटनापछि मोक्तार फरार रहेको र उनको खोजी भैरहेको प्रहरी निरीक्षक जैसवालले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline