काठमाडौ २ साउन
एक महिने देखि जारी रोजाको समापन गरी मुस्लिम समुदायले आज इद उल–फित्र मनाउादैछन् । मुस्लिम समुदायको एक महिने रमदान पर्व रोजा आज पूरा हुादैछ ।
रमादान पर्व सकिएलगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
तीन दिनसम्म मनाइने इदुल फित्र अर्थात् इद एकापसमा भाइचाराको कामना गर्दै मनाउने गरिन्छ । यस पर्वमा मुस्लिम समुदायहरु पवित्र भइ, नयाा र सफा लुगा लगाइ, ‘इदग’मा गइ ‘नमाज’ पढने गर्छन् ।
इद उल–फित्रकै अवसरमा सरकारले भोली लागि सार्वजनिक बिदा दिएको छ । इद पर्वको दिनदेखि नै हिजरी संवतको नयाा वर्ष सुरु हुने गर्दछ । यसदिन मस्जिद तथा मदरसाहरुमा बिहान मुस्लिम धार्मिक ग्रन्थ कुरान पाठ गरिन्छ ।
पर्वका अवसरमा मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो हैसियत अनुसार समाजमा रहेका असहाय, गरिब, पीडित, दु:खीलाई दान दक्षिण दिने प्रचलन छ ।