काठमाडों, १ साउन ।
सुनसरीको धरान–८ मा धारिलो हतियार प्रयोगबाट एक युवकको हत्या भएको छ ।
हिजो राति स्थानीय युवाको समूहले धरान–८ अरुण टोलका २३ वर्षीय भेसु मगरलाई घरदेखि लखेट्दै नजिकैको मकैबारीमा लगेर हत्या गरेको स्थानीय बासिन्दाले बताएका छन् । मगरको अनुहार र शरीरका विभिन्न भागमा हतियारले काटेको गम्भीर चोट देखिएको छ ।
आन्तरिक झगडाका कारण स्थानीय एक युवासँग यसअगाडि पनि कुटाइ खाएका मगरले औषधि–उपचार माग गरेका कारण उनको हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
भेसुका हत्याराको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिसकिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline