१२ वर्षमा नेपाल आयल निगमको घाटा ४१ अर्व

१२ वर्षमा नेपाल आयल निगमको घाटा ४१ अर्व

  • बिहिबार, असार ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ३१ असार । 

नेपाल आयल निगमले पछिल्लो १२ वर्षमा झण्डै ४१ अर्ब रुपैया नोक्सानी व्यहोरेको छ ।

आर्थिक बर्ष २०५९र६० यता सञ्चिती घाटा ४० अर्ब ९८ करोड रुपैयाँ पुगेको हो निगमले जनाएको छ । आर्थिक बर्ष २०६८र६९ मा  सवैभन्दा धेरै ९ अर्ब ५३ करोड रुपैयाँ घाटा भएको निगमको वार्षिक प्रतिवेदनमा उल्लेख छ । निगमले अघिल्लो आर्थिक वर्षमात्रै ८ अर्व ३० करोड रुपैयाँ घाटा वेहोरेको थियो ।

चरम आर्थिक अनियमितता र राजनीतिक अस्थिरताका कारण निगममा वर्षेनी घाटा वढ्दै गएको हो । सरकार, नागरिक लगानी कोष, कर्मचारी संचयकोष तथा विभिन्न वाणिज्य वैंकहरुबाट निगमले अहिले सम्म ३६ अर्व ८६ करोड ७० लाख रुपैयाँ ऋण लिईसकेको छ ।

निगमले विभिन्न निकायबाट लिएको ऋण मध्येबाट चालुआर्थिक वर्ष १४ अर्व ९८ करोड ७० लाख रुपैयाँ ऋण तिरेको जनाएको छ भने झण्डै २२ अर्व रुपैयाँ ऋण अभै तिर्न बाँकी छ ।

ऋण अत्याधिक भएपछि निगमले अहिलेसम्म झण्डै ३ अर्व रुपैयाँ व्याज तिरेको थियो । महङ्गोमा पेट्रोलियम पदार्थ खरिद गरि सस्तोमा वितरण गर्नुपर्दा अत्याधिक घाटा वेहोर्नु परेको  निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिनुभयो ।

यस्तै निगममा कार्यरत कर्मचारीका लागि वितरित अनावश्यक भत्ताका कारण पनि निगमलाई थप व्यायभार पर्दै आएको छ । यद्यपी आयल निगमले गतवर्षदेखि स्वचालित मुल्य प्रणाली लागु गरेको छ ।

यसैविच आयल निगमले आगामी आर्थिक वर्षमा हवाई इन्धन, पेट्रोल, डिजेल तथा ग्यासको भण्डारण क्षमता वढाउने बताएको छ । आपतकालिन अवस्थामा समेत इन्धन आपूर्ति सहज गराउन भन्दै निगमले भण्डारण क्षमता वढाउने तयारी गरेको हो ।

यसका लागि आगामी आर्थिक वर्षमा वजेट समेत विनियोजन हुने कार्यकारी निर्देशक खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी