काठमाण्डौ,३१ असार ।
बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट पीडीत भएकाहरुलाई मलेसियाबाट ४ करोड ३६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
नेपाली दूतावासले भूकम्पपछि यहाँको स्थानीय मे बैंकमा खाता खोलेर आर्थिक सहयोगका लागि अपिल गरेको थियो ।मलेसियामा कार्यरत नेपाली, स्थानीय नागरिक तथा विभिन्न संघसंस्थाले सो रकम जम्मा गरेका थिए ।
बिभिन्न ठाउबाट संकलित रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा आज पठाएको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline