बलिउडका चर्चित अभिनेता सलमान खानले आफु असल छोरा बन्न नसकेको बताएका छन ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको आफ्नो नयाँ चलचित्र ‘बजरंगी भाइजान’को प्रमोशनमा व्यस्त बलिउड नायक सलमान खानले आफू सुपरस्टार बनेपनि असल छोरा बन्न नसकेको बताएका छन ।
अभिनेता सलमानले आफू सधै नै बाबुआमाको प्रिय छोरा बन्न चाहेको तर नसकेको बताएका हुन् । लामो समयदेखि ‘हिट एन्ड रन केस र कालो हरिणको शिकार’ गरेको मुद्दा लडिरहेका सलमान आफ्नै कारणले आफ्ना बुबा र आमा चाडै बुढो बनेको बताउँछन ।
सलमानले आफ्नो कारणले परिवार सधै नै चिन्तामा रहेको बताए । उनले आफ्नो समस्या पुरै परिवारले एक भएर लडेको बताउँदै अब अगाडि जे हुन्छ त्यसलाई भोग्नका लागि आफ्नो परिवार तयार भएको पनि बताए ।
सलमानले दर्शकले कुनै पनि चलचित्र हेर्ने वा नहेर्ने निर्णय पोष्टर र ट्रेलर हेरेरै गरिसक्ने बताएका छन् । सलमानले बलिउड चलचित्रले दर्शकको मन छुने बताए ।