एकलौटी गरे जनमुक्ति सेना निश्चत : बिप्लव

एकलौटी गरे जनमुक्ति सेना निश्चत : बिप्लव

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, २७ असार ।

क्रान्तिकारी पत्रकार संगठन केन्द्रिय समितको आयोजनामा आजदेखि तीन दिने ‘विशेष पत्रकारिता तालिम’  सुरु भएको छ । राजधानीको संबाट डबलीमा जारी तालिममा बिभिन्न सन्चार माध्यममा कार्यरत देशभरका ५० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको छ ।

तालिमको उद्घाटन गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पत्रकारहरुको आस्था र विचार जहा जोसँग भएपनि निश्पक्ष रुपमा जनताका आवाजलाई लिर्दै राष्ट्रको विकास र समृद्धिका लागी कलम चलाउनु पर्ने बताउनु भयो ।

विप्लवले वर्तमान राजनितिक परीवेशका बिषयमा धारणा राख्दै चार दल बीच भएको १६ बुदे सहमतीका आधारमा एकलौटि रुपमा संबिधान जारी गर्न खोजे जनअदालत र जनमुक्ति सेनाको जन्म हुने बताउनुभयो ।

आफूहरु शान्ति प्रक्रियामा करोडपति बन्न र महलमा बस्ने नभएर जनताको सेवा गर्न आएको भन्दै काँग्रेस एमालेले एकलौटी गर्न खोजेफेरि जनमुक्ति सेना र जनअदालतको जन्म हुने चेतावनी दिनुभयो  ।   उहाले पुँजिवादी व्यवस्थाले जनताको कंगालीकरण गर्ने भएकोले जनवादी व्यवस्था स्थापना गर्न चाहेको बताउनुभयो ।

जनताको सेवा गर्ने उद्देश्य बोकेर काँग्रेस र एमालेसँग सहकार्य गर्न शान्तिपूर्ण राजनीतिमा आएको तर जनयुद्धलाई अपराधीकरण गर्दै माओवादीले उठाएका कुरालाई पूरै बहिस्कार गरेर एकलौटी रुपमा संसदीय व्यवस्था पुनःस्थापना गर्ने खोजिएको उहाले बताउनुभयो ।

साम्राज्यवादी सूचनाले जनताको सेवा गर्नुभन्दा पनि नाफा कमाउनतिर मात्र केन्द्रीत हुने भएकोले आफूहरुले जनवादी सञ्चार माध्यमको विकास गर्न चाहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय शरद सिंह भण्डारी र गुणराज लोहनीले क्रान्तिकारी आन्दोलनमा पत्रकारको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी