काठमाण्डौ, २७ असार ।
क्रान्तिकारी पत्रकार संगठन केन्द्रिय समितको आयोजनामा आजदेखि तीन दिने ‘विशेष पत्रकारिता तालिम’ सुरु भएको छ । राजधानीको संबाट डबलीमा जारी तालिममा बिभिन्न सन्चार माध्यममा कार्यरत देशभरका ५० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको छ ।
तालिमको उद्घाटन गर्दै नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पत्रकारहरुको आस्था र विचार जहा जोसँग भएपनि निश्पक्ष रुपमा जनताका आवाजलाई लिर्दै राष्ट्रको विकास र समृद्धिका लागी कलम चलाउनु पर्ने बताउनु भयो ।
विप्लवले वर्तमान राजनितिक परीवेशका बिषयमा धारणा राख्दै चार दल बीच भएको १६ बुदे सहमतीका आधारमा एकलौटि रुपमा संबिधान जारी गर्न खोजे जनअदालत र जनमुक्ति सेनाको जन्म हुने बताउनुभयो ।
आफूहरु शान्ति प्रक्रियामा करोडपति बन्न र महलमा बस्ने नभएर जनताको सेवा गर्न आएको भन्दै काँग्रेस एमालेले एकलौटी गर्न खोजेफेरि जनमुक्ति सेना र जनअदालतको जन्म हुने चेतावनी दिनुभयो । उहाले पुँजिवादी व्यवस्थाले जनताको कंगालीकरण गर्ने भएकोले जनवादी व्यवस्था स्थापना गर्न चाहेको बताउनुभयो ।
जनताको सेवा गर्ने उद्देश्य बोकेर काँग्रेस र एमालेसँग सहकार्य गर्न शान्तिपूर्ण राजनीतिमा आएको तर जनयुद्धलाई अपराधीकरण गर्दै माओवादीले उठाएका कुरालाई पूरै बहिस्कार गरेर एकलौटी रुपमा संसदीय व्यवस्था पुनःस्थापना गर्ने खोजिएको उहाले बताउनुभयो ।
साम्राज्यवादी सूचनाले जनताको सेवा गर्नुभन्दा पनि नाफा कमाउनतिर मात्र केन्द्रीत हुने भएकोले आफूहरुले जनवादी सञ्चार माध्यमको विकास गर्न चाहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रीय शरद सिंह भण्डारी र गुणराज लोहनीले क्रान्तिकारी आन्दोलनमा पत्रकारको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

