गैरकानूनी ढंगले सञ्चालित मेडिकल कलेजलाई तत्काल कारवाही गर्न निर्देशन

गैरकानूनी ढंगले सञ्चालित मेडिकल कलेजलाई तत्काल कारवाही गर्न निर्देशन

  • आइतवार, असार २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, आषाढ २७ ।
सामाजिक न्याय तथा मानवअधिकार समितिले गैरकानूनी ढंगले सञ्चालित मेडिकल कलेजको तत्काल अनुगमन गरी कारवाही थाल्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा बसेको समितिको बैठकले कतिपय मेडिकल कलेज मेडिकल काउन्सिलले निर्धारण गरेको न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको भन्दै गम्भीर आपत्ति व्यक्त गरेको छ ।

सन्चालकहरुको विवादका कारण बन्द रहेको जनकपुरको जानकी मेडिकल काउन्सिलका विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको भन्दै समितिले त्यहाा रहेका ३१७ जना विद्यार्थीलाई अध्ययन गर्ने वातावरण तत्काल मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

दश दिनभित्र कलेज सञ्चालकलाई कारवाही गरी सत्य तथ्य जानकारी गराउन निर्देशन दिदै समितिको तर्फबाट पााच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

यसैबीच जानकी कलेजका पीडित विद्यार्थीले समितिका सभापति सुनिलकुमार श्रेष्ठलाई छुट्टै भेटेर कलेजको विवादका कारण आफूहरुको भविष्य अन्धकारमा धकेलिएको भन्दै तत्काल समस्या समाधान गरि
दिन आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी