आर्थिक बर्ष २०७२\७३ को बजेट असार २९ गते सार्वजनिक हुने

आर्थिक बर्ष २०७२\७३ को बजेट असार २९ गते सार्वजनिक हुने

  • शनिबार, असार २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, २६ असार ।

सरकारले आर्थिक वर्ष २०७२,७३ को वाषिर्क बजेट असार २९ गते सार्वजनिक गर्ने भएको छ ।

सभामुख सुवास नेम्वाङले बजेट असार २९ गते पेश गर्ने जानकारी सरकारले दिएको बताउनुभयो । बजेट एक दिन ढिला हुँदा सभासदहरु जनमत संकलनका लागि जाने दिन पनि सरेको छ ।

‘असार २८ गते बजेट ल्याउन आग्रह गरेको थिएँ,त्यसो गर्दा सभासदहरु संविधानमा जनमत संकलनका लागि पहिलेनै जान पाउने थिए, तर सरकारले त्यो दिन सकिदैन भन्यो’ नेम्वाङले भन्नुभयो ।

बजेट पेश भएर पेश्की बजेट पारित गरेपछिमात्र सभासदहरु जिल्ला जान पाउने भएकाले साउन १ गतेमात्र उनीहरु निर्वाचन क्षेत्रहरुमा परिचालित हुनेछन् ।

नीति तथा कार्यक्रममाथि सभासदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री सुशील कोइरालाले आइतवार दिनुहुनेछ । शनिवार राति नै जवाफ दिने भने पनि सरकारको तयारी नपुगेका कारण आइतवार अपरान्ह १ बजे तोकिएको नेम्वाङले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी