हनुमानढोका प्रवेश शुल्क वृद्धि : नवनियुक्त अधिकृत तामाङ

हनुमानढोका प्रवेश शुल्क वृद्धि : नवनियुक्त अधिकृत तामाङ

  • शुक्रबार, असार २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २५ असार। 
काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले विदेशी पर्यटकहरुलाई हनुमानढोका प्रवेशका लागि लिइदै आएको शुल्क वृद्धि गर्ने  बताउनु भएको छ ।

काठमाडौं दरबार क्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत तामाङको सम्मानमा आज राजधानीको हनुमान ढोकामा आयोजनाको गरेको कार्यक्रममा बोल्दै उहाले पर्यटकलाई लिँदै आएको शुल्क ७ सय ५० बाट बढाएर एक हजार र्पुयाइने बताउनु भएको हो ।

पर्यटकीय स्थलको सुधारका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सन्चालन गर्ने जानकारी दिदै नवनियुक्त प्रमुख तामाङले विश्व सम्पदा सुचीमा सुचिकृत सम्पदाहरु  पुनरनिर्माणका लागि कुनैपनि देश विदेशका सरकारी तथा गैरसरकारी संस्थाका समुहलाई  निर्माणको जिम्मा नदिने स्पष्ट पार्नु भयो ।

कार्यक्रमका सहभागीहरुले भूकम्पबाट भत्किएका ऐतिहासिक धरोहर निर्माण कार्य तत्काल सुरु गर्न सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी