नेपाली फुटवलको स्तर खस्कियो , नेपाल दक्षिण एशियाकै पुछारमा

नेपाली फुटवलको स्तर खस्कियो , नेपाल दक्षिण एशियाकै पुछारमा

  • बिहिबार, असार २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, २४ असार ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको वरियता क्रममा नेपाल फेरि तल झर्दै दक्षिण एसियाको पुछारमा पुगेको छ ।

फिफाले आज जारी गरेको जुलाई महिनाको वरियता क्रममा नेपाल दुई स्थान तल झर्दै १८५ औं पुगेको छ ।

अघिल्लो महिना नेपाल १८३ औं स्थानमा थियो । यो सँगै नेपाल दक्षिण एसियाको वरियता क्रममा पुछारमा पुगेको छ ।

नेपाललाई उछिन्दै १८३ औं स्थानमा पुगेको श्रीलंका दक्षिण एसियाको सातौ स्थानमा छ ।

दक्षिण एसियाको शीर्ष स्थानमा रहेको अफगानिस्तान १७ स्थान माथि उक्लदै १३४ औं स्थानमा छ  भने दोस्रो स्थानको भारत १५ स्थान तल झर्दै १५६ औं स्थानमा पुगेको छ ।

यसैगरी तेस्रो स्थानको भुटान ७ स्थान तल झर्दै १६६ औं स्थानमा पुगेको छ भने चौथो स्थानको ३ स्थान तल झरेर १६९ औं वरियतामा छ । पाँचौ स्थानको पाकिस्तान १७२ औं र छैटौ स्थानको माल्दिभ्स १७६ औं मा पुगेको छ ।

विश्व वरियताको पहिलो स्थानमा अर्जे्न्टिनमा पुगेको छ । कोपा अमेरिकाको फाइनल हारेपनि अर्जे्न्टिना दोस्रो स्थानको जर्मनीलाई पछि धकेल्दै पहिलो स्थानमा पुगेको हो ।

तेस्रो स्थानमा बेल्लिजयम छ भने चौथोमा कोलम्बिया र पाँचौमा नेदरल्याण्ड्स छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी