काठमाडौँ, २३ असार ।
जर्मनीले नेपाललाई तीन अर्ब २० करोड रकम अनुदान दिने भएको छ । ग्रामीण क्षेत्रमा दिगो आर्थिक विकास, राष्ट्रिय स्वास्थ्य क्षेत्र कार्यक्रम र दुर्गम क्षेत्रमा मातृ तथा शिशु स्याहार सुधार आयोजना कार्यान्वयनमा सो रकम दिइन लागिएको हो ।
अनुदान सहयोग सम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमासचिव सुमनप्रसाद शर्मा र नेपालका लागि जर्मनीका राजदूत माथियस मायरले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा राजदूत मायरले नेपाललाई राजनीतिक रुपमा मात्र नभई आर्थिक विकासका काममा पनि निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सोचका साथ अघि बढेमा लक्ष्य हासिल गर्न कठिनाइ नहुने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline