नेपालमा ४७ अर्बको प्रत्यक्ष बैदेशीक लगानी गर्न चीनको प्रस्ताव

नेपालमा ४७ अर्बको प्रत्यक्ष बैदेशीक लगानी गर्न चीनको प्रस्ताव

  • मङ्लबार, असार २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौ, २२ असार ।

चीनका दुई ठूला सिमेन्ट उद्योगले नेपालमा ४७ अर्ब रुपैयाँ प्रत्यक्ष बैदेशीक लगानी एफडिआईको प्रस्ताब गरेका छन् । लगानी बोर्डका अनुसार चीनको होङ्सी ग्रुपले ३३ अर्ब र वङ्सीले १४ अर्ब रुपैयाँ लगानीको प्रस्ताब गरेका हुन् । होङ्सी चीनकै १० औ ठूलो सिमेन्ट उद्योग मानिन्छ ।

उक्त लगानी आगामी साता बस्ने बैठकले स्वीकृत गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताउनु भयो । होङसीले दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो भने वङ्सीले भूकम्पपछि हालै मात्र प्रस्ताब गरेको हो ।

भुकम्पपछि पनि ठूलो लगानी आकषिर्त हुनुले नेपाल सुरक्षित छ भन्ने सन्देश गएको बोर्डको दावी छ । चीनियाँ लगानीकर्ताका तर्फबाट नेपालमा हुन लागेको उक्त लगानी रकम हालसम्मकै सबैभन्दा ठूलो हो ।

चीनबाट खासगरि होटल, रेष्टुरेन्टलगायत क्षेत्रमा स साना लगानी मात्रै आइरहेका थिए । नयाँ लगानी ल्याउन खोजेको होङ्सीले नेपालको शिवम सिमेन्टसंग सहकार्य गर्ने भएको छ वङसीले शतप्रतिशत वैदेशिक लगानीको प्रस्ताब गरेको बोर्डले जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी